बंगलादेशमा मोदीको चर्को विरोध, प्रहरीको गोलीबाट पाँचजना मारिए

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बंगलादेश भ्रमणमा छन्। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणपछि मोदी त्यहाँ पुगेका हुन्। 

बंगलादेशमा मोदीको चर्को विरोध पनि भइरहेको छ। बंगलादेशको कट्टर इस्लामिक ग्रुप हिफाजत-ए-इस्लामका सदस्यले मोदीविरुद्ध सडकमा चर्को प्रदर्शन गरिरहेका छन्। 

बंगलादेशको पुलिस र हिफाजत-ए-इस्लामका सदस्यबीच झडपपछि शनिबारसम्म पाँच जनाले ज्यान गुमाइसकेका छन्। पुलिस अधिकारीका अनुसार चटगाउँमा प्रदर्शनका क्रममा पुलिसले गोली चलाउँदा ५ जना घाइते भएका थिए। उनीहरु सबैको चटगाउँस्थित मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो। 

गत वर्ष कोरोना संक्रमण फैलिएपछि मोदीले विदेश यात्रा २०२० मार्चमा रद्द गरेका थिए। कोरोना संकटविरुद्ध खोप अभियान सुरु भएसँगै मोदी विदेश भ्रमणमा निस्किएका हुन्। 





  • प्रकाशित मिति : चैत १४, २०७७ शनिबार १९:४८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया