बागलुङमा दुई कार्यकर्ता मारिएको घटना छानबिन गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले होली खेल्ने क्रममा बागलुङको बडिगाड गाउँपालिका १० दर्लिङमा आइतवार दुई कार्यकर्ताको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न माग गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले  सोमबार विज्ञप्ति जारी गदै अमानवीय घटनामा संलग्नलाई तत्काल पक्राउ पक्राउ गरी छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

'होली खेल्ने क्रममा भएको असमझदारी र आवेगको परिणाम दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ?, विज्ञप्तिमा भनिएको छ, 'यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकारसमक्ष माग गर्दछ।'

घटनामा मारिएका ३६ वर्षीय प्रकाश कुँवर कांग्रेसका जिल्ला सदस्य हुन्। ३४ वर्षीय दीपक नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुन् ।

‘दुवै युवाको मृत शरीर भीरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भीरबाट धकेलेर हत्या गरिएको स्थिति देखिन्छ,' शर्माले भनेका छन्, 'प्रहरी अनुसन्धानलाई तीव्र बनाएर दोषी उम्कन नदिन नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ।' 

कांग्रेसले घटनाको वास्तविक विवरण लिन जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्वसभापति प्रकाश शर्मा पौडेलसहितको टोली सोमबार बिहान घटनास्थल पठाएको छ।





  • प्रकाशित मिति : चैत १६, २०७७ साेमबार १५:४७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया