कारबाहीपछि माधव नेपालको प्रतिक्रिया- मलाई कुन पार्टीबाट हटाइयो ? ओलीको पार्टीबाट ?

एमालेबाट कारबाहीमा परेपछि वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई कारबाही गर्ने अधिकार केपी शर्मा ओलीसँग नरहेको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल र भीम रावललाई पार्टीको साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन् । सो विषयमा प्रतिक्रिया दिँदै नेता नेपालले आफूलाई कारवाही गर्ने अधिकार अध्यक्ष ओलीसँग नरहेको बताएका हुन् । 

ओलीले आफूलाई पार्टीबाट हटाएको कुनै जानकारी रहेको उनले बताएका छन् । केन्द्रीय कमिटी नै विघटन गरेका व्यक्तिले कारबाही गरेँ भनेर हल्ला फैलाउनु कुनै अर्थ नरहेको उनले बताए । 

ओली अहिले एमालेको निर्वाचित अध्यक्ष नै नरहेको र एमालेको एउटा गुटको अध्यक्ष मात्रै रहेको दाबी गर्दै नेपालले भने, भने, ‘मलाई कुन पार्टीबाट हटाइयो ? ओलीको पार्टीबाट ?’





  • प्रकाशित मिति : चैत १६, २०७७ साेमबार १९:३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया