माधव-भीमलाई एमालेको कारवाही : चैत ८ मा स्पष्टीकरण सोधेर फागुन १६ मा निलम्बन !

पार्टीमा विवाद बढ्दै गर्दा सत्तारुढ नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई चैत ८ गते किन कारवाही नगर्ने भनेर स्पष्टीकरण सोध्यो।

वरिष्ठ नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई चैत ७ मा बसेको संसदीय दल र केन्द्रीय कमिटी बैठकपछि चैत ८ मा उनीहरुलाई स्पष्टीकरण सोधिएको थियो।

आफूहरुलाई सोधिएको स्पष्टीकरणको जवाफ वरिष्ठ नेता नेपाल र रावलले चैत १२ गते दिइसकेका छन्। अन्य दुई नेताहरु भुसाल र पाण्डेले भने अझै जवाफ दिएका छैनन्।

उनीहरुलाई आजै फेरि अर्को स्पष्टीकरण सोध्ने निर्णय एमालेले गरिसकेको छ। तर यहाँनिर रोचक कुरा के भने नेता नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गर्ने गरी थमाइएको पत्र भने एक महिना अगाडिको छ। 

सबैलाई थाहा छ आज चैत १६ गते हो। तर एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि राम्ररी मिति नै नहेरी दुई नेतालाई लेखिएको कारवाही पत्रमा हस्ताक्षर गरेका छन्। 

अर्थात् चैत ८ मा सुरु भएको कारवाही प्रक्रियालाई निलम्बनसम्म पुर्‍याउन एमालेले लेखेको चिठीमा मिति भने फागुन १६ को राखिएको छ। यसको अर्थ के हो भने फागुन २३ मा एमाले ब्यूँतिनु अघिको मिति राखेर ओलीले नेपाल र रावललाई कारवाहीको पत्र थमाएका छन्। 





  • प्रकाशित मिति : चैत १६, २०७७ साेमबार १९:४३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया