निरंकुश र स्वेच्छाचारी कारबाही अस्वीकार्य : भीम रावल

प्रधानमन्त्री तथा एमले अध्यक्ष केपी ओलीले गरेको कारबाही अस्वीकार्य हुने नेता भीम रावलले बताएका छन् । 

उनले आफूहरुलाई गरेको कारबाही पार्टी विधान र नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशनविरुद्धको निरंकुश र स्वेच्छाचारी कुकृत्य भएको दाबी गरेका छन् । 

सामाजिक सञ्जालमा लेख्दै रावलले नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको उक्त निर्णयको भर्त्सना गर्दै पूर्ण रुपमा अस्वीकार गरेका छन् ।

उनले लेखेका छन्- 

केपी शर्मा ओलीले पहिलो चरणमा नेपालको संविधान तथा आफैले हस्ताक्षर गरेको कम्युनिष्ट पार्टी बीचको एकतामाथि प्रहार गर्नुभयो, दोस्रो चरणमा नेकपा (एमाले)को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित सिद्धान्त, नीति र विधानको खिल्ली उडाउँदै एवम् सर्वोच्च अदालतको फैसलाको अवहेलना गरी गत फागुन २८ गते गुटको भेलाबाट स्वेच्छाचारी निर्णय गराउनु भयो र तेस्रो चरणमा पार्टी विधान कुल्चदै कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको हाकिमको कुर्सीमा बसेर चारजना नेतहरूलाई कथित स्पष्टीकरण पत्र पठाई पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र मलाई पार्टीबाट निलम्बन गरेको आदेश फर्माउनु भयो । यो पार्टी विधान र नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन विरुद्धको निरंकुश र स्वेच्छाचारी कुकृत्य हो । देशभक्तिपूर्ण आवाजबाट त्रसित वाह्य शक्तिप्रतिको तावेदारी हो। नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको उक्त निर्णयको भर्त्सना गर्दै पूर्णरुपमा अस्वीकार गर्दछु।





  • प्रकाशित मिति : चैत १६, २०७७ साेमबार १९:५४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया