नवौँ महाधिवेशनमा हाम्रो नीति पास भएको हो, मैदान छोडेर भागिने छैन : माधव नेपाल

एमाले अध्यक्ष केपी शर्मा ओलीको कारबाहीमा परेका वरिष्ठ नेता माधवकुमार नेपालले सो कारबाही अस्वीकार गर्ने बताएका छन् । सामजिक सञ्जालमार्फत नेता नेपालले सञ्चारमाध्यमबाट आफूले निलम्बनबारे सुनेको र विधानविपरीत एकपक्षीय रूपमा गरिएको कारबाही नमान्ने बताएका हुन् ।  

‘विधानविपरीत एकपक्षीय रूपमा गरिएका फाल्गुण २८ गतेका निर्णयहरू अमान्य भएको र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटीको अध्यक्षलाई कार्वाही गर्ने कुनै अधिकार नभएको स्पष्ट पार्दछु,’ नेपालले भनेका छन् ।  

नेपालले नीति, विधि, नैतिकता, मूल्य, मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिभएका सबै नेता–कार्यकर्ताहरूलाई कत्ति पनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूध्दमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न अपिल गरेका छन् । 

उनले भनेका छन्, ‘टुक्रा–टुक्रामा विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत, विस्तार र विकास गरेको हामीले हो, यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिने छैन, नेकपा (एमाले) हामीले निर्माण गरेको पार्टी हो, नवौँ महाधिवेशनमा हाम्रो नीति पास भएको हो, अतः निराश होइन, दृढ बनेर कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ ।’

सञ्चार माध्यममा आए अनुसार आज म र कमरेड भीम रावललाई निलम्वन गरिएको भन्ने कुरालाई म अस्विकार गर्दछु । विधान विपरित...

Posted by माधव कुमार नेपाल - Madhav Kumar Nepal on Monday, March 29, 2021




  • प्रकाशित मिति : चैत १६, २०७७ साेमबार २०:३०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया