भारतको आर्थिक सहयोगमा काभ्रेमा दुई विद्यालय निर्माण सुरु

भारत सरकारको आर्थिक सहयोगमा काभ्रेमा दुईवटा विद्यालय पुन:निर्माण सुरु भएको छ। ती विद्यालयको शिलान्यास पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, भारतीय राजदूतावासको राजनीतिक प्रभागकी प्रथम सचिव सौम्या सी र रोशी गाउँपालिकाका मेयरको उपस्थितिमा आज गरिएको छ।

काभ्रेको रोशी गाउँपालिकास्थित हरिसिद्धि माध्यमिक विद्यालय र महाभारत गाउँपालिकास्थित सिद्धेश्वर माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि भूमि पूजा आज सकिएको छ। कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का परियोजना निर्देशक, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा भारतीय राजदूतावासका अधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय समुदाय सदस्य र विद्यार्थी सहभागी थिए।

भारतीय दूतावासका अनुसार हरिसिद्धि माध्यमिक विद्यालय २ करोड ८५ लाखमा बन्दैछ भने सिद्देश्वर माध्यमिक विद्यालय ३ करोड ९६ लाखमा बन्दैछ। नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप यी विद्यालयहरूको निर्माण गरिने बताइएको छ।

हरिसिद्धि माध्यमिक विद्यालयको तीन तले नयाँ संरचनामा ९ वटा कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय र विद्यार्थीहरूका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा हुनेछ । त्यस्तै सिद्धेश्वर माध्यमिक विद्यालयको तीन तल्ले नयाँ संरचनामा १३ वटा कक्षा कोठा, लेखा, प्रधानाध्यापक र अध्यापकका लागि कक्ष, परीक्षा कक्ष, प्रारम्भिक बालविकास कक्ष, प्रशासनिक कक्ष, विद्यालय व्यवस्थापन समिति कक्ष र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा हुनेछ ।





  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार १८:३१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया