चर्चित अभिनेत्री प्रियंका कार्की आमा बन्दै

केही समय अघि मात्र विवाह बन्धनमा बाँधिएकी प्रियङ्काले  सामाजिक सञ्जालमा होली मनाएको तस्बिर हालेकी थिइन् । प्रियंकाले उक्त तस्बिर पोस्ट गरेसँगै धेरैले प्रियंका गर्भवती भएको हुन सक्ने कमेन्ट गरेका थिए ।

प्रियंकाले उक्त विषयमा केही प्रतिक्रिया जनाएकी थिइनन् । त्यस्तै पछिल्लो केही समययतादेखि सार्वजनिक कार्यक्रम होस् या समाजिक सञ्जालमा प्रियंका त्यति सक्रिय छैनन् ।

धेरैले सोधेको प्रश्नको जवाफ दिँदै प्रियंकाले शुक्रबार आफ्नो र श्रीमान् आयुष्मान देशराजको तस्बिर राख्दै आफू गर्भवती भएको उल्लेख गरेकी हुन् । प्रियङ्काले आफ्ना शुभचिन्तकलाई दिएको यो खबरले यतिबेला समाजिक सञ्जाल तातिएको छ ।





  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार १९:४९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया