आँचल शर्मा र निराजन प्रधान अभिनीत ‘निलो कुर्ताले’ म्युजिक भिडियो सार्वजनिक

नायिका आँचल शर्मा र मोडल निराजन प्रधान फिचर्ड ‘निलो कुर्ताले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  
 
यस गीतमा स्वर गायिका मेलिना राई र गायक लोक पौडेलको रहेको छ। गीतमा शब्द र संगीत  दीपक शर्माको रहेको छ। नरेन्द्र वियोगीले यस गीतलाई संगीत संयोजन गरेका हुन्।  

शिशिर खातीले कोरियोग्राफी गरेको यस भिडियोलाई उज्ज्वल जोशीले छायांकन तथा सम्पादन गरेका हुन्।  

शिशिर तामाङ (छवि) क्रियटिभ डिरेक्टर रहेको यस भिडियोलाई राज खड्काको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो। 

मीरा इन्टरटेन्मेण्टको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।





  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार १८:३५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया