ओलीले संसदलाई आफ्नो अनुकूल चलाएको देउवाको आरोप
फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अनुकूल चलाउन खोजेको आरोप लगाएका छन् ।

नेपाल शिक्षक संघको शनिबार काठमाडौंमा भएको कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री ओलीले आफू अनुकूल संसद बन्द गर्ने र खोल्ने गरेको आरोप लगाएका हुन् । 

पूर्वप्रधानमन्त्री देउवाले संसद अधिवेशन लगायतका विषयमा ओलीले गरेको निर्णयमा राष्ट्रपतिले पनि आँखा चिम्लेर सहिछाप गर्ने गरेकोमा आपत्ति जनाए ।

कांग्रेस वरिष्ट नेता रामचन्द्र पौडेलले पार्टीले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने दाबी गरे पनि देउवा भने त्यस विषय मौन रहेका छन् । 





  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार १९:९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया