भ्रष्टाचारको आरोप लागेपछि भारतको महाराष्ट्रका गृहमन्त्रीले दिए राजीनामा

भारतको महाराष्ट्र राज्यका गृहमन्त्री अनिल देशमुखले राजीनामा दिएका छन्। भ्रष्टाचारको आरोप लागेपछि उनले सोमबार त्यहाँका मुख्यमन्त्री उद्धव ठाकरेलाई राजीनामा बुझाएका हुन्। 

देशमुखमाथि प्रहरी अधिकारीलाई मासिक एक सय करोड उठाउने लक्ष्य दिएको आरोप लागेको थियो । केहीदिन अगाडि मात्रै पूर्वप्रहरी कमिश्नर परमवीर सिंहले मुख्यमन्त्री ठाकरेलाई पत्र लेख्दै उक्त आरोप लगाएका हुन् ।

सोमबार मात्र केन्द्रीय अन्वेषण ब्युरो (सिबिआई)ले उक्त मामिलामा अनुसन्धान गर्न मुम्बई उच्च अदालतबाट स्वीकृति लिएको थियो। अदालतले यस विषयमा १५ दिनभित्र अनुसन्धानको प्रतिवेदन बुझाउन पनि निर्देशन दिएको छ।





  • प्रकाशित मिति : चैत २३, २०७७ साेमबार १८:१८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया