वातावरण संरक्षणका लागि पदयात्रा

विश्वभरि बढिरहेको वातावरण प्रदूषणले नेपाल पनि आक्रान्त भएको छ । हाल नेपालमा देखिएको वातावरणीय प्रदूषण नियन्त्रणका लाग भक्तपुर टुर्सले ३३ हजार फिट लामो पदयात्रा गर्ने भएको छ । 

भक्तपुर टुर्स मंगलबार एक विज्ञप्ति प्रकाशित गरी नयाँ वर्ष २०७८ को अवसरमा वैशाख १ गते भक्तपुरका ३३ पोखरीको पदयात्रा कार्यक्रम तय गरिएको बताएको छ । सवारी साधनको अत्यधिक प्रयोगले वातावरणमा पुगेको असर नियन्त्रण गर्न पदयात्रको आयोजना गरिएको उल्लेख छ । 

करिब ३३ हजार फिट लामो उक्त पद यात्रा सामान्य मानिसले ३ घन्टा ३३ मिनेट मा पूरा गर्ने छ ।

पदयात्रा बिहान साढे सात बजे भक्तपुरको माहेश्वरी मन्दिरबाट सुरु हुने जनाइएको छ । उक्त दिन भीड हुन नदिन दस दस जनाको समूहले एक एक मिनेटको अन्तरालमा यात्रा सुरु गर्ने व्यवस्था मिलाइएको आयोजकले बताएको छ । पदयात्रामा भक्तपुरका ३३ वटा साना ठूला पोखरीहरुको अवलोकन गर्न सकिनेछ ।

पदयात्रामा बैंक, सहकारी, स्कुल, कलेज, सरकारी कर्मचारी, कुटनीतिक नियोगका अधिकारीहरुको समेत सहभागिता रहेन विज्ञप्तिमा जनाइएको छ । पदयात्रीहरुको मनोरञ्जनका लागि स्थानीय परिकार सहित सम्हे बजीको व्यवस्था गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

पदयात्राका लागि चैत ३१ सम्म नाम दर्ता गर्नु पर्ने बताइएको छ ।





  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १२:२०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया