पछिल्लो २४ घण्टामा २८८ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर २८८ जनालाई कोरोना संक्रमण भएको छ । ४ हजार ७१ जनाको पिसिआर परीक्षण भएकोमा २८८ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार यही समयमा १२७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ  ।

जसमध्ये निको हुनेको संख्या २ लाख ७३ हजार ७३५ रहेको छ । ३ हजार ३८ संक्रमितको मृत्यु भएको छ । अहिले २ हजार ६१५ जना आइसोलेसनमा छन् भने ८४ जना क्वारेन्टिनमा रहेका छन् ।





  • प्रकाशित मिति : चैत २७, २०७७ शुक्रबार १७:३०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया