स्वीकृत भयो कर्णालीका तीन मन्त्रीको राजीनामा

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारमा सहभागी एमालेका तीन मन्त्रीले मंगलबार दिएको राजीनामा स्वीकृत गरेका छन् ।

तीनैजना मन्त्रीको राजीनामा शनिबार स्वीकृत भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । 

एमालेबाट प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका थिए । 

शाहीले रिक्त रहेका मन्त्रालयमा जिम्मेवारीसमेत तोकेका छन् । जसअनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई दिइएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीलाई तोकिएको छ । 

प्रदेश सरकारमा एमालेका तर्फबाट चार मन्त्री सहभागी रहेकोमा भौतिक पूर्वाधार विकास मन्त्री बनेका खड्कबहादुर खत्री बैंकिङ कसुरमा परी बर्खास्त भएका थिए ।





  • प्रकाशित मिति : चैत २८, २०७७ शनिबार १८:१६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया