यमनमा भएको भिडन्तमा पछिल्लो २४ घण्टामा ४७ जनाको मृत्यु

यमनको मारिब क्षेत्रमा पछिल्लो २४ घण्टाभित्र भएको हिंसामा परी कम्तीमा पनि ४७ जनाको मृत्यु भएको छ ।  सो क्षेत्रमा विगत लामो समयदेखि हिंसा जारी रहेको छ । द्विपक्षीय भिडन्तमा पछिल्लो २४ घण्टामा ४७ जनाले ज्यान गुमाएको समाचारमा उल्लेख गरिएको छ । 

उत्तरी यमनको मारिब प्रान्तमा सरकारी सेनाले पछिल्लो समय हुथी विद्रोही विरुद्ध आक्रामक कारबाही अघि बढाएको बताइएको छ । 

त्यस क्षेत्रमा साउदी अरेबियाको सहयोगको सैन्य समूहले हवाई कारबाही पनि गरेको छ । हवाई कारबाहीबाट पछिल्लो २४ घन्टामा २५ जना हुथी विद्रोही मारिएका छन् ।

हुथी विद्रोहीले यमनको सेनामाथि पनि हमला गरेका छन् । विद्रोहीको आक्रमणमा परी कम्तीमा २० जना सेना मारिएको स्थानीय अधिकारीले जनाएका छन् । ती अधिकारीले पछिल्लो समय विद्रोहीहरुको निसानामा सर्वसाधारण नागरिक पनि पर्ने गरेको बताएका छन् । 

तेलका लागि धनी सो क्षेत्रमा विगत लामो समयदेखि यहाँका विद्रोहीहरुले तेल कब्जा गर्नका लागि भिडन्त गरेका छन् ।





  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार १३:४७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया