खुट्टा बाँधेर गाडिएको अवस्थामा शव भेटियो
सांकेतिक फोटो

बागलुङमा खाल्डोमा गाडिएको अवस्थामा एक शव फेला परेको छ । ढोरपाटन नगरपालिका–२ खल्टुबोट खल्टुबोटस्थित जस्ती खोल्सामा गाडिएको अवस्थामा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ। 

प्रहरीका अनुसार करिब ३५ वर्षीय पुरुषको शव  खुट्टा बाँधेर ढुंगाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव फेला परेको हो । शवको अवस्था हेर्दा केहीदिन पहिले नै गाडिएको जस्तो देखिने प्रहरीले जनाएका छन् ।  कसैले हत्या गरेर गाडेको अनुमान प्रहरी र स्थानीयले गरेका छन्। 

अहिलेसम्म शवको पहिचान नभएको र परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। 





  • प्रकाशित मिति : वैशाख २, २०७८ बिहीबार १०:५९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया