कोरोना असर : बन्द भए वीरगञ्जका सबै सिनेमा हल

देशमा कोरोना महामारीका कारण भएको लकडाउनपछि देशका थुप्रै सिनेमा घरहरु बन्द भए । एक वर्षसम्म खुल्ने सरकारी अनुमति नपाएपछि काठमाडौं कै केही सिनेमा हल सदाका लागि बन्दको घोषणा गरियो । 

केही सिनेमा हल सपिङ मलमा परिमार्जित हुँदैछन् । काठमाडौंका सिनेमा हल भत्काएर सपिङ सेन्टर निर्माण कार्य भइरहँदा काठमाडौं बाहिरका हल पनि धमाधम बन्द हुन थालेका छन् ।

२०७६ साल चैतदेखि बन्द रहेका वीरगञ्जका सिनेमा हलहरु गएको ३ महिनादेखि सञ्चालनमा आएका थिए । वीरगञ्जले पनि काठमाडौंले जस्तै दशा ब्यहोर्न पर्यो । हल खुले दर्शक हलसम्म गएनन् । 

सिनेमा हलमा फिल्म चलाउनुको कुनै औचित्य भएन । दर्शक हलमा नफर्कँदै दोस्रो लहरको कोरोना महामारी सुरु भयो । पुनः वीरगञ्जका सिनेमा हल धमाधम बन्द हुन थालेका छन् ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै सरकारले सबैलाई सर्तकता अपनाउन आग्रह गर्दै आएको थियो । सरकारले सिनेमा हल तथा दर्शकको उपस्थितिलाई मध्यनजर गर्दै बेलुकी ७ बजेपछि सबै सार्वजनिक कार्यक्रम तथा सिनेमा हल बन्द गर्न वैशाख २ गते सूचना जारी गर्यो । सरकारको यो सूचनापछि वीरगञ्जमा सञ्चालनमा रहेका २ वटा सिनेमा हल बन्द भएका छन् । अन्य २ वटा सिनेमा हल भने यसअघि नै बन्द थिए ।

वीरगञ्जमा ‘त्रिमूर्ति सिनेमा हल’, ‘ ए-म्याक्स सिनेमा हल’, ‘श्रीराम पिक्चर प्यालेस’ र ‘बजरङ्ग टाकिज’ गरी ४ सिनेमा हल सञ्चालमा थिए । कोरोनाको पहिलो सिजनबाट बन्द रहेका ‘त्रिमूर्ति सिनेमा हल’ र ‘ए-म्याक्स सिनेमा हल’ अहिलेसम्म खुल्न सकेका छैनन् । लकडाउन खुलेपछि ३ महिनाअघि सञ्चालनमा आएका ‘श्रीराम पिक्चर प्यालेस’ र ‘बजरङ्ग टाकिज’ पनि पुनः बन्द गरिएको छ ।





  • प्रकाशित मिति : वैशाख ५, २०७८ आइतबार १०:५६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया