साहित्यकार नरेन्द्र कोहलीको कोरोना संक्रमणबाट मृत्यु

भारतीय साहित्यकार डा. नरेन्द्र कोहलीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ८१ वर्षीय कोहलीलाई कोरोना संक्रमण पुष्टि भएपछि दिल्लीको एक अस्पतालमा राखिएको थियो । उनको शनिबार राति निधन भएको हो ।

सन् २०१७ मा भारतको चौथो सर्वोच्च नागरिक सम्मान पद्म श्रीबाट सम्मानित उनका ‘न भूतो न भविष्यति’, अभ्युदय’, ‘संघर्ष कि ओर’, ‘युद्ध’, ‘बन्धन’, ‘अधिकार और कर्म’ लगायतका कृति लोकप्रिय छन् ।

कोहलीको निधनपछि भारतका राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले दुःख व्यक्त गरेका छन् । 
 





  • प्रकाशित मिति : वैशाख ५, २०७८ आइतबार १२:५८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया