नेपाल आइपुगे प्रशिक्षक यान ल

नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिगका लागि विराटनगर सिटी एफसीका भारतीय प्रशिक्षक यान ल नेपाल आइपुगेका छन् । 

ल आइतबार नेपाल आइपुगेका हुन् । उनलाई क्लबका पदाधिकारीले स्वागत गरेका थिए । 

विराटनगरमा राष्ट्रिय टोलीका डिफेन्डर रञ्जित धिमाल मार्की खेलाडी रहेका छन् । 

नेपाल स्पोर्ट्स  म्यानेजमेन्टले आयोजना गर्न लागेको लिग वैशाख ११ देखि जेठ ११ सम्म दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा ७ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्नेछन् । 

विराटनगरले वैशाख १२ मा धनगढी एफसीसँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।





  • प्रकाशित मिति : वैशाख ५, २०७८ आइतबार १८:२८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया