लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध कांग्रेस र माओवादीको अविश्वास प्रस्ताव

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अविश्वास प्रस्ताव दर्ता गराएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता पोखरेललाई सरकारबाट बिदा गर्न दुई दलले कम्मर कसेका हुन्। 

लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले मुख्यमन्त्री पोखरेलविरुद्ध सोमबार दिउँसो सवा १ बजे अविश्वास प्रस्ताव दर्ता भएको जानकारी दिएका छन्।

उक्त अविश्वास प्रस्तावमा नयाँ मुख्यमन्त्रीका रुपमा नेकपा माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई अघि सारिएको छ। 

माओवादी मन्त्री राजीनामा दिँदै

यसैबीच लुम्बिनी प्रदेश सरकारमा माओवादीका तर्फबाट मन्त्री भएकाहरूले आजै राजीनामा दिने तयारी गरेका छन्। 

माओवादीका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बराल मगरले राजीनामा दिने तयारी गरेको मन्त्री केसीको सचिवालयका एकजना सदस्यले फरकधार बताए।





  • प्रकाशित मिति : वैशाख ६, २०७८ साेमबार १३:९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया