तीन दल मिलेपछि लुम्बिनीका मुख्यमन्त्री पोखरेलको पद धरापमा
दुवै पक्षका लागि दुईजना सांसद निर्णायक

तीन दल मिलेर अविश्वास प्रस्ताव दर्ता गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पद धरापमा परेको छ। 

मुख्यमन्त्री पोखरेलविरुद्ध सोमबार प्रदेशसभा सचिवालयमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। 
यी तीन दलका ४१ जना सांसदले हस्ताक्षर गरी अविश्वास प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री पोखरेलको पद धरापमा परेको हो। जनता समाजवादी पार्टीका ६ जना सांसदमध्ये महन्थ ठाकुर पक्षका कल्पना पाण्डेले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी छैनन्। 

यस्तो छ अंक गणित

माओवादीले समर्थन फिर्ता लिएपछि एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकार धरापमा परेको छ। ८७ सदस्य रहेको लुम्बिनी प्रदेशसभामा एमालेका ४१, माओवादी केन्द्रका २०, कांग्रेसका १९, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सदस्य छन् । 

मुख्यमन्त्री पोखरेललाई सरकार जोगाउन ४४ मत आवश्यक पर्छ । माओवादी केन्द्रका २ सांसद् कारबाहीमा परेका छन्। सभामुखसमेत माओवादीबाटै छन्। यसो हुँदा मुख्यमन्त्री पोखरेलविरुद्धको सरकार बनाउन चार दल मिल्नैपर्ने बाध्यता छ । एमाले बाहेकका दलको मत ४६ हुन्छ । माओवादीका दुई सदस्य कारबाहीमा परेकाले सरकार बनाउन ४३ मत आवश्यक पर्छ । 

एमालेको मत ४१ रहेकाले २ मत मुख्यमन्त्री पोखरेलले जुटाउनुपर्ने हुन्छ। सोमबार दर्ता भएको अविश्वास प्रस्तावमा ३ दलका ४१ जना सांसदले हस्ताक्षर गरेका छन्। त्यसकारण तीनै दल मिलेर सरकार बनाउँदा पनि २ मत अपुग हुन्छ। 



मुख्यमन्त्री पोखरेल र माओवादी, कांग्रेस र राजपासहितको ३ दल पक्षले २÷२ मतका लागि संघर्ष गर्नुपर्ने देखिन्छ। पोखरेलविरुद्धको गठबन्धनले १ सदस्य आफ्नो पक्षमा लिन सकेमा १ सदस्य एमालेबाट चोर्नुपर्ने हुन्छ। 

लुम्बिनी प्रदेशमा एमालेका ४१ जना सांसद् छन्। जसमध्ये अहिले प्रधानमन्त्री ओलीविरुद्ध मैदानमा उत्रिएको सांसदहरुको संख्या २ जना मात्र छ। कर्णालीको जस्तै नेपाल पक्षका २ जना सांसदले फ्लोर क्रस गर्न सके भने माओवादी, कांग्रेस र जसपाले सरकार बनाउन सफल हुनेछ। 



त्यसो त मुख्यमन्त्री पोखरेलले नेपाल पक्षका २ जना सदस्यलाई आफ्नो पक्षमा मतदान गराउ नसक्ने सम्भावना पनि छ। किनभने, लुम्बिनीमा कर्णाली प्रदेश जस्तो नेपाल पक्षका सांसदहरु फ्लोरमै उत्रिहाल्ने सम्भावना न्यून छ। 

एकजना क्लियर रुपमा नेपाल पक्षमा देखिएर लागे पनि एकजना भने त्यति खुलेर लाग्ने नगरेको नेपाल पक्षका एकजना केन्द्रीय सदस्यले बताए। यद्यपि उनले कर्णाली जस्तै लुम्बिनीमा पनि फ्लोर क्रस हुने दाबी गरे । ‘लुम्बिनीमा हाम्रो पक्षका सांसदहरु एकदमै छैनन्। सबै ओली पक्षका छन्। हाम्रो पक्षका २ जना हुनुहुन्छ। तर एकजनाको मात्र नाम भन्न सक्छु। अर्को पक्षको भन्न मिल्दैन,’ उनले भने। 

कर्णालीको जस्तो अवस्था लुम्बिनीमा नरहेका लुम्बिनीमा नेता पोखरेलले कसैगरी एमालेलाई एकैठाउँमा ल्याउन सके भनेपनि थप २ मतको आवश्यकता पर्छ। जसपाका कल्पना पाण्डेले पोखरेलको पक्षमा मतदान गरेमा १ मत अपुग हुन्छ। 

त्यसका निम्ति पोखरेलले जनमोर्चाको १ मत आफ्नो पक्षमा ल्याउन सकेमा मात्रै लुम्बिनी प्रदेशमा पोखरेल मुख्यमन्त्रीमा कायम रहन सक्नेछन्। अन्यथा अन्य गठबन्धन अगाडि बढेर कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने छन्।

  • प्रकाशित मिति : वैशाख ६, २०७८ साेमबार १५:३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया