७० प्रतिशतसम्म बजेट खर्च गर्ने कर्णाली प्रदेशकाे प्रतिबद्धता

कर्णाली प्रदेशका विषयगत मन्त्रालयका सचिवहरुले चालू आर्थिक वर्षमा ७० प्रतिशतसम्म बजेट खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको सबै मन्त्रालयका मन्त्री र सचिवहरुको संयुक्त बैठकमा सचिवहरुले यस्तो प्रतिबद्धता गरेका हुन् । 

बैठकमा मुख्यमन्त्री शाहीले बजेट कार्यान्वयनलाई तीव्रता दिन र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी गर्न निर्देशन दिएका छन् ।  

कर्णाली प्रदेश सरकार निर्माण भएयता बजेट कार्यान्वयनका कुरालाई लिएर चरम आलोचना भोग्दै आइरहेको छ । हालसम्मका आर्थिक वर्षमा प्रदेशको पुँजीगत खर्च ४० प्रतिशतसम्म पनि पुग्न सकेको छैन ।

चालू आर्थिक वर्षको बजेट शतप्रतिशत खर्च गर्ने भन्दै यसअघि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री, मन्त्री र सचिव, सचिव र सम्बन्धित कार्यालयका प्रमुखसँग कार्यसम्पादन करार सम्झौतासमेत भएको थियो । तर, बजेट कार्यान्वयनले तीव्रता पाउन सकेको छैन । 

कर्णाली प्रदेश सरकारको नौ महिनाको बजेट कार्यान्वयनको अवस्था हेर्दा एकदमै निराशाजनक अवस्था छ । नौ महिनामा २० प्रतिशतसम्म पनि पुँजीगत बजेट खर्च हुन सकेको छैन । 





  • प्रकाशित मिति : वैशाख ६, २०७८ साेमबार २१:९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया