सिभिल बैंकको व्यवस्थापकीय नेतृत्वमा सुनिल पोखरेल

सिभिल बैंकले कामु प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेललाई नियुक्त गरेको छ। 

गोविन्द गुरुङले प्रमुख कार्यकारीबाट राजीनामा गरेपछि पोखरेललाई बैंक सञ्चालक समितिको बैठकले व्यवस्थापन नेतृत्वको जिम्मेवारी दिएको हो । स्रोतका अनुसार केही समयपछि उनलाई नै प्रमुख कार्यकारी बनाउने बैंकको तयारी छ।

बैंकले गुरुङको राजीनामा वैशाख १८ गतेबाट लागू हुने गरी स्वीकृत गरेको छ। त्यसपछि पोखरेलले कामु प्रमुख कार्यकारीको जिम्मेवारी सुरु गर्ने छन् ।

पोखरेल अहिले नायब प्रमुख कार्यकारी अधिकृत छन् । पोखरेल अनुभवी बैंकर हुन् । उनीसँग विदेशस्थित बैंकदेखि नेपालमै रहेको विदेशी बैंकमा काम गरेको अनुभव छ ।

उनले सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका हुन् । तत्कालीन ग्रिन्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा उनले १९ वर्षभन्दा बढी काम गरेका थिए।





  • प्रकाशित मिति : वैशाख ७, २०७८ मंगलबार १८:२८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया