भारतमा भेटियो ‘ट्रिपल म्युटेसन भेरियन्ट’ कोरोना

भारतमा कोरोना भाइरस संक्रमण निकै तीव्र रूपमा फैलिरहेको छ । ‘डबल म्युटेसन भेरियन्ट’ कोरोना भाइरसका कारण यसको फैलावट तीव्र बनेको बताइएको छ । जुन पहिलाभन्दा निकै चाँडो संक्रमण फैलिने खतरा रहेको विज्ञहरूको भनाइ रहेको छ । 

योसँगै भारतमा ‘ट्रिपल म्युटेसन भेरियन्ट’ पनि पाइएको बताइएको छ ।

के हो ट्रिपल म्युटेसन भेरियन्ट ?

यो भेरियन्टको नाम बी १६१८ हो । यो भाइरस दुई किसिमका भाइरसको सम्मिलिनबाट डबल म्युटेन्ट भेरियन्ट बनेजस्तै तीन वटा भाइरसको मिलनबाट नयाँ किसिमको भाइरसको निर्माण हो ।

भारतको महाराष्ट्र, दिल्ली, वेस्ट बङ्गाल र छत्तीसगढ राज्यमा ‘ट्रिपल म्युटेन्ट भेरियन्ट’ भेटिएको छ । यद्दपि विज्ञद्वारा अध्ययन गरी यसको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले हालसम्म डबल म्युटेन्ट भेरियन्ट मात्र पाइएको बताएको छ । यो पहिलेको भाइरस तथा डबल म्युटेन्ट भेरियन्टभन्दा पनि निकै छिटो फैलिन सक्ने किसिमको भाइरस हो ।





  • प्रकाशित मिति : वैशाख १०, २०७८ शुक्रबार १९:१८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया