राष्ट्रिय सभा उपनिर्वाचनका लागि ५ राजनीतिक दलले गराए दल दर्ता

राष्ट्रिय सभाको उपनिर्वाचनका लागि ५ राजनीतिक दलले दल दर्ता गरेका छन् । दर्ता भएका दलहरुमा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी छन् । 

दल दर्ता भएको सूचना राजपत्रमा प्रकाशन गर्ने, दल दर्ता गर्ने र निर्वाचन चिह्न प्रदान गर्ने निर्णय निर्वाचन आयोगले जनाएको छ । जेठ ६ गते वाग्मती प्रदेशमा राष्ट्रिय सभामा रिक्त एक पदका लागि निर्वाचन हुँदै छ ।  

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार एमालेलाई सूर्य चिह्न र कांग्रेसलाई रुख चिन्ह माओवादी केन्द्रलाई गोलाकारभित्र हँसिया हथौडा, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो र नेपाल मजदुर किसान पार्टीलाई मादल चिह्न दिइएको छ ।

सो निर्वाचनका लागि प्रदेश सभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जना गरी जम्मा ३४८ जना मतदाता नामावली स्वीकृत भएको छ ।  

उक्त नामावली २१ गते निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा प्रकाशन गर्ने र सोही दिन सच्याउने उजुरी दिन सकिने आयोगले जनाएको छ ।





  • प्रकाशित मिति : वैशाख १६, २०७८ बिहीबार १७:३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया