लेइपजिग जर्मन कप फुटबलको फाइनलमा

पहिलो सेमिफाइनलमा जित निकाल्दै आरबी लेइपजिगले जर्मन कप फुटबलको उपाधि भिडन्त पक्का गरेको छ । गएराति भएको पहिलो सेमिफाइनलमा विजेता बनेसँगै लेइपजिग फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनलमा लेइपजिग वेर्डेर ब्रेमेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । उसका लागि हि–चान ह्वाङ र इमिल फोर्सवर्गले एक एक गोल गरे । ब्रेमेनका लियोनार्दो बिटनकोर्टले एक गोल फर्काए ।

खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट कुनैपनि गोल हुन सकेन । त्यसपछि अतिरिक्त समयमा गएको खेलमा तीन गोल भए । 

खेलको ९३औँ मिनेटमा हि चानले गोल गर्दै लेइपजिगलाई सुरुवाती अग्रता दिलाए । अतिरिक्त समयको पनि थप गरिएको पहिलो मिनेटमा ब्रेमेनका लियोनार्दाेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि अतिरिक्त समयको इन्जुरी समयको पहिलो मिनेटमा इमिलले गोल गर्दै लेइपजिगलाई २–१ को जित दिलाए । अब उपाधिका लागि लेइपजिगले बोरुसिया डर्टमण्ड र होल्सटेइन केइलबीचको विजेतासँग खेल्नेछ ।

डर्टमण्ड र केइलबीचको दोस्रो सेमिफाइनल आज राति हुनेछ ।





  • प्रकाशित मिति : वैशाख १८, २०७८ शनिबार ८:३१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया