बार्सिलोनाका मुख्य प्रशिक्षक कोम्यानलाई २ खेलको प्रतिबन्ध

स्पेनिस फुटबल संघको प्रतियोगिता समितिले बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई २ खेलको प्रतिबन्ध लगाएको छ । 

बिहीबार राति ग्रानाडासँग २–१ ले पराजित भएको खेलमा कोम्यानले रातो कार्ड बेहोर्दै टच लाइन छाडेका थिए । रेफ्री प्रति खराब व्यवहार देखाएका कारण कोम्यानलाई २ खेलको प्रतिबन्ध लगाइएको प्रतियोगिता समितिले जनाएको छ । 

खेलको ६६औँ मिनेटमा रेफ्री पाब्लो गोञ्जालेज फुर्तेसले कोम्यानलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । 

रेफ्रीले पटकपटक कोम्यानलाई सम्झाएका थिए तर उनले फोर्थ अफिसियलसँग पनि भनाभन गरेको रिपोर्टमा उल्लेख गरिएको छ । 

‘मैले त्यस्तो कुनै खराब शब्द भनेको छैन, रेफ्रीलाई अपमान गरेको छैन’, खेलपछि कोम्यानले भनेका थिए, ‘यो अविश्वसनीय छ, सायद फोर्थ अफिसियल नायक बन्न चाहन्छन् । मैले केही टिप्पणी गरेको थिए तर त्यस्तो कुनै अपशब्द बोलेको छैन ।’

यो प्रतिबन्धपछि कोम्यानले भ्यालेन्सिया र एट्लेटिको मड्रिडविरुद्धको खेलमा टच लाईन सम्हाल्न पाउने छैनन् । उनको अनुपस्थितिमा सहायक प्रशिक्षक अल्फ्रेड श्रेउडरले बार्सिलोनाको टच लाईन सम्हाल्ने छन् ।



बार्सिलोनाले मे ३ मा भ्यालेन्सियासँग उसैको घरेलु मैदानमा र मे ८ मा आफ्नो घरेलु मैदानमा एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ । 



  • प्रकाशित मिति : वैशाख १८, २०७८ शनिबार ९:३०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया