सुर्खेतमा जारी निषेधाज्ञा एक साता थपिने

सुर्खेतमा जारी निषेधाज्ञा एक साता थपिने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले एक साता निषेधाज्ञा थप गर्नका लागि सुरक्षा निकायलाई सिफारिस गरेको छ ।

कोरोनाको दोस्रो लहरको हटस्पट बन्न थालेपछि जारी निषेधाज्ञा थपिन लागेको हो । यसअघि वैशाख १५ गते बाट २१ गते रातिको १२ बजेसम्म निषेधाज्ञा जारी राखिएको थियो । अब वैशाख २७ गतेसम्म निषेधाज्ञा जारी रहने छ । 

सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निषेधाज्ञा अवधिभर अनुगमन कडाइ गर्ने र निषेधाज्ञाको उलंघन गर्नेलाई संक्रामक रोग ऐन अन्तरगत कारवाही गरिने बताए ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशभर २५९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा सुर्खेतमा मात्रै १७२ जना रहेका छन् । सुर्खेतमा सक्रिय संक्रमितको संख्या ६०० भन्दा बढी रहेको छ । 
 





  • प्रकाशित मिति : वैशाख १८, २०७८ शनिबार १८:५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया