चेन्‍नईले मुम्बईलाई दियो २ सय १९ रनको विशाल लक्ष्य

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत शनिबार राति भइरहेको खेलमा चेन्‍नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई २ सय १९ रनको विशाल लक्ष्य दिएको छ ।

दिल्ली भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्‍नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो। चेन्‍नईका लागि अम्बाती रायडु, फाप डु प्लेसिस र मोइन अलीले अर्धशतकीय इनिङ्स खेले।

अविजित रायडुले ७२ रनको शानदार इनिङ्स खेले। अलीले ५८ रनको इनिङ्स खेले भने प्लेसिसले ५० रन पूरा गरे। रवीन्द्र जडेजा २२ रनमा अविजित रहे । मुम्बईका केइरन पोलार्डले २ विकेट लिए । ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले १/१ विकेट लिन सफल भए।

जारी सिजनमा चेन्‍नई ६ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ। मुम्बईलाई हराउँदै चेन्‍नई शीर्ष स्थानमा अंकदूरी बनाउने योजनामा छ। साविक विजेता मुम्बई चौथो जितको खोजीमा छ। मुम्बईले ६ खेलमा ६ अंक जोडेको छ।
 





  • प्रकाशित मिति : वैशाख १८, २०७८ शनिबार २२:११:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया