आन्तरिक र भारतसँगको हवाई उडान बन्द

सरकारले आन्तरिक हवाई उडान र भारतसँगको हवाई उडान बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकले सो निर्णय गरेको हो । 

देशभर कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि सरकारले आइतबार मध्यरातदेखि लागू हुनेगरी उडान बन्द गर्ने निर्णय गरेको हो।

आन्तरिक र भारतसँगको दुवैतर्फको उडान सोमबारदेखि नै रोक लगाउने निर्णय सरकारले गरेको छ । 

केही दिनअघि मात्र कोभिड –१९ संकट व्यवस्थापन केन्द्रले सीमा नाका बन्दको निर्णय गरेको थियो। 

भारतमा कोरोना संक्रमण बढेर उच्च बिन्दुमा पुगे पनि हवाई उडान निर्वाध रुपमा चलेको र आन्तरिक उडान पनि सञ्चालनमा राखेको भन्दै सरकारको आलोचना भइरहेको थियो।





  • प्रकाशित मिति : वैशाख १९, २०७८ आइतबार १९:५६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया