कोरोना महामारी नियन्त्रणमा प्रधानमन्त्रीले मागे नागरिकको सहयोग (भिडियोसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको पहिलो लहरमा जस्तै दोस्रो लहरको संकटमा पनि नागरिकस्तरबाट सहयोग अपेक्षा गरेका छन्। सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पहिले भन्दा ठूलो संकट आएको भन्दै सहयोग मागेका हुन्। 

'कोरोना महामारीको संक्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व पूरा गर्नेछ। सकभर घरमै बसौँ, घर बाहिर निस्किन परेमा मास्क लगाऊँ', सम्बोधनका क्रममा उनले भने, 'भोजभतेर पर्व घरमै मनाऊँ, हल्ला र अफवाहबाट प्रभावित नहौँ। धैर्य गरौँ संयमता अपनाऊँ, आतंकित नहौँ।'

ओलीले गत वर्षको अनुशासनले महामारी रोक्न महत्वपूर्ण काम गरेको पनि बताए। 'गत वर्षको अनुशासनले हामीलाई महामारी रोक्न मद्दत गरेको छ। महामारी नियन्त्रणका लागि सरकारको कदममा सबैको साथ सहयोग मिल्नेछ', उनले भने, 'चिकित्सक र स्वास्थ्यकर्मीले विचलित नभइ काम गर्नुहोला। राजनीतिक दलका नेता र जनप्रतिनिधिलाई असहायलाई सहयोग गर्न र जनचेतना जगाउन आग्रह गर्छु। कोभिड नियन्त्रणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ।'

ओलीले कोरोना नियन्त्रणका लागि अवकाश प्राप्त चिकित्सक र अन्यलाई एक वर्ष करारमा राखे खटाइने बताए। 'अवकाश प्राप्त चिकित्सक र अन्यलाई एक वर्षका लागि भर्ना गर्दैछौँ। चिकित्सक, स्वास्थ्यकर्मी र फ्रन्टलाइनरलाई विशेष भत्ता, बिमा र परिवारका सदस्यको निशुल्क व्यवस्था मिलाएका छौँ', उनले भने, 'जनस्वास्थ्य मापदण्ड कायम गर्न सुरक्षाकर्मी खटाइनेछ। बन्दाबन्दीका कारण कसैलाई पनि भोकै मर्न दिइने छैन। महामारीका कारण अर्थतन्त्र ध्वस्त हुन नदिन काम गरिनेछ। अन्तरमन्त्रालय समन्वयमा काम गरिनेछ।'

भिडियो





  • प्रकाशित मिति : वैशाख २०, २०७८ साेमबार १६:६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया