रद्द भयो यस सिजनको इन्डियन प्रिमियर लिग क्रिकेट

जारी सिजनको इन्डियन प्रिमियर लिग क्रिकेट रद्द गरिएको छ। कयौँ खेलाडी र कर्मचारीलाई कोरोना संक्रमण भएपछि यो सिजनको आइपिएल रद्द गरिएको हो। 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का उप प्रमुख राजीव शुक्लाले यसबारेको जानकारी दिएका हुन्। दुई दिनयता खेलाडीहरु वरुण चक्रवर्ती, सन्दीप वारियर, रिद्धिमान साहा, अमित मिश्रा र बलिङ कोच बालाजीसमेत ८ खे‍लाडी २ कोचिङ स्टाफ सदस्यलाई कोरोना भएपछि यो कदम चालिएको हो।

यो सिजनको आइपिएललाई पूरै रद्द गरिएमा बोर्डलाई करिब २ हजार करोड घाटा लाग्नेछ। साथै यसै साल भारतको आयोजनामा हुन लागेको टी-२० विश्वकपमा पनि खतराको बादल मडारिएको छ। भारतबाट आयोजकको अधिकार खोसियो भने बिसिसिआईले अझै ठूलो क्षति भोग्नुपर्नेछ।





  • प्रकाशित मिति : वैशाख २१, २०७८ मंगलबार १३:५६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया