नेप्से परिसूचक झिनो अंकले बढ्दा कारोबार रकम भने फराकिलो अन्तरले घट्यो

साताको तेस्रो कारोबारको दिन नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन १२.३५ अंकले घटेको परिसूचक यस दिनमा सामान्य १.९४ अंकले बढेको हो । 
मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेर २६५४.६९ बिन्दुमा पुगेको छ । यससँगै सेन्सेटिभ इन्डेक्स पनि ०.३२ अंकले बढेर ४७५.४५ बिन्दुमा उक्लिएको हो । समग्र परिसूचकमा झिनो सुधार भए पनि यस दिन कारोबार रकम भने फराकिलो अन्तरले घटेको छ । 

सोमबार २१६ कम्पनीको १ करोड ५९ लाख ८ हजार ४९९ रुपैयाँ कित्ता सेयर कुल ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १४६ रुपैयाँमा खरिद-बिक्री भएको थियो । जबकि मंगलबार २१३ कम्पनीको १ करोड ३० लाख १५ हजार १८३ कित्ता सेयर कुल ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८११ रुपैयाँमा खरिद-बिक्री भएको छ ।

मंगलबार लघुवित्त समूहको परिसूचक सर्वाधिक २ दशमलव ५६ प्रतिशत बढेको छ भने व्यापारिक समूहको २ दशमलव ४३ प्रतिशत, जलविद्युतको १ दशमलव २ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव १ प्रतिशत, म्युचुअल फन्टको शून्य दशमलव १४ प्रतिशत र लगानी समूहको शून्य दशमलव २३ प्रतिशत परिसूचक बढेको छ ।

यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १ दशमलव शून्य ६ प्रतिशत घटेको छ ।

त्यस्तै बैंकिङ समूहको शून्य दशमलव ४३ प्रतिशत, विकास बैंकको शून्य दशमलव ४ प्रतिशत, वित्तको शून्य दशमलव २५ प्रतिशत, निर्जीवन बिमाको शून्य दशमलव २८ प्रतिशत, अन्यको शून्य दशमलव ९५ प्रतिशत र जीवन बिमा समूहको शून्य दशमलव ३७ प्रतिशत परिसूचक घटेको छ । 

यस दिन १० वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा बिक्री भएको छ । समता घरेलु लघुवित्त र महिला लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने अन्य आठ ओटा कम्पनीको सेयरमूल्य पनि उच्च दरमै बढेको छ । 



मर्जर पछिको पहिलो कारोबार दिन घरेलु लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ५५ रुपैयाँले बढेर अन्तिम मूल्य ६०५ पुगेको हो । त्यस्तै लगातार उच्च दरमा बढ्दै आएको महिला लघुवित्तको सेयरमूल्य पनि यो दिन प्रतिकित्ता ३७८ ले बढेर अन्तिम मूल्य ४ हजार १५८ रुपैयाँ पुगेको छ ।

यस दिन विशाल बजार कम्पनीको सेयरमूल्य ९ दशमलव ९९ प्रतिशत अर्थात् प्रतिकित्ता ६१६ ले बढेर अन्तिम मूल्य ६ हजार ७८४, सपोर्ट माइक्रोफाइनान्सको ९ दशमलव ९८ प्रतिशत अर्थात् प्रतिकित्ता २३३ ले बढेर अन्तिम मूल्य २ हजार ५६८ र राधी विद्युत् कम्पनीको ९ दशमलव ९० प्रतिशत अर्थात् प्रतिकित्ता ५२ ले बढेर अन्तिम मूल्य ५७७ रुपैयाँ पुगेको छ ।



त्यस्तै कारोबारको दोस्रो दिन रूरू जलविद्युत् परियोजनाको सेयरमूल्य पनि ९ दशमलव ९० प्रतिशत अर्थात् प्रतिकित्ता ३८ ले बढेर अन्तिम मूल्य ४२२ पुगेको छ भने सिंगटी हाइड्रोको ९ दशमलव ९२ अर्थात् प्रतिकित्ता ४३ ले बढेर ४८१ रुपैयाँ पुगेको छ ।

यस दिन युनाइटेड मोदी हाइड्रोपावरको सेयरमूल्य पनि ९ दशमलव ७३ प्रतिशत बढेको छ । प्रतिकित्ता २२ ले बढेर युनाइटेड हाइड्रोपावरको सेयरमूल्य २४८ रुपैयाँ पुगेको हो ।

९ दशमलव ६८ प्रतिशत बढेको पञ्चकन्यामाई हाइड्रोपावरको सेयरमूल्य यो दिन २०४ पुगेको छ भने युनिभर्सल पावरको सेयरमूल्य पनि यो दिन ८ दशमलव ९९ प्रतिशत बढेर अन्तिम मूल्य १९४ पुगेको छ । पञ्चकन्यामाई हाइड्रोको प्रतिकित्ता  १८ र युनिभर्सल पावरको प्रतिकित्ता १६ ले यो दिन सेयरमूल्य बढेको हो ।

  • प्रकाशित मिति : वैशाख २१, २०७८ मंगलबार १६:२१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया