लकडाउनमा सडकमा निस्किएकी मलाइकाको चर्चा

भारतमा अहिले कोरोना महामारीका कारण ठूलो सन्त्रास फैलिएको छ । त्यहाँ दैनिक ४ हजारभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । यसको संक्रमण रोक्नका लागि भारत सरकार तथा त्यहाँका विभिन्न राज्यले लकडाउन गरेका छन्, निषेधाज्ञा लगाएका छन् ।

कोरोना महामारीले यसपटक बलिउडका कलाकारहरुलाई पनि निकै प्रभाव पारेको छ । 

लकडाउन र कोरोनाका कारण भारतीय अभिनेता तथा अभिनेत्रीहरु चर्चामा आउन चाहिँ छाडेका छैनन् । पछिल्लो समय सबैभन्दा बढी चर्चामा आउने एक अभिनेत्री हुन्, मलाइका अरोडा । 

मलाइका फेरि एकपटक भारतीय मिडियाको प्राथमिकतामा परेकी छिन् ।

उनी प्राथमिकतामा पर्नुको कारण हो, उनको पहिरन । यसपटक लकडाउनबीच सडकमा देखिएकी मलाइकाको फेसन सेन्सले पनि निकै चर्चा पाएको छ । त्यसो त पछिल्लो समय उनी अभिनेता अर्जुनसँगको सम्बन्धका कारण पनि चर्चामा आइरहेकी हुन्छिन् ।





  • प्रकाशित मिति : वैशाख २४, २०७८ शुक्रबार २:२९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया