एनएसएलमा आज : विराटनगर र ललितपुर तथा धनगढी र बुटवल भिड्दै

फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग, एनएसएलमा आज दुई खेल हुँदैछ । पहिलो खेलमा विराटनगर सिटी एफसी र दोस्रो खेलमा ललितपुर सिटी एफसी तथा धनगढी एफसी र बुटवल लुम्बिनी एफसी भिड्दैछन् । 

आजको पहिलो खेलमा विराटनगर र ललितपुर दशरथ रंगशालामा दिउँसो साढे २ बजे भिड्दैछन् । दोस्रो खेल धनगढी र बुटवल लुम्बिनीबीच साँझ साढे ५ बजे हुनेछ । 

प्लेअफमा स्थान बनाउनका लागि विराटनगर र ललितपुर दुवै टोली सहज जितको खोजीमा हुनेछन् । लिगमा विराटनगर ५ खेलबाट ७ अंकसहित चौथो स्थानमा रहेको छ  । ललितपुर ५ खेलबाट ६ अंकसहित पाँचौँ स्थानमा रहेको छ । 

यता प्लेअफमा पुग्नका लागि बुटवल लुम्बिनीले अंक तालिकाको शीर्ष स्थानमा रहेको धनगढीमाथि जित निकाल्नु पर्नेछ । बुटवल आजको खेलमा गर या मरको अवस्थामा रहेको छ । 





  • प्रकाशित मिति : वैशाख २५, २०७८ शनिबार ९:४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया