सामूहिक राजीनामाबारे निर्णय गर्न भर्चुअल बैठक बस्दै नेपाल समूह

सत्तारुढ नेकपा एमालेको माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ । बैठक दिउँसो १२ बजे भर्चुअल माध्यमबाट बस्न लागेको हो । 

एमालेमा बढ्दो आन्तरिक विवादकाबीच अब नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिने भएका छन् । सोहीबारे छलफल गरेर औपचारिक निर्णय लिनका लागि बैठक बस्न लागेको हो । 

नेपाल समूहकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले दिएको जानकारी अनुसार बैठक दिउँसो १२ बजेतिर भर्चुअल माध्यमबाट हुनेछ । फरकधारसँग कुराकानी गर्दै नेतृ शाक्यले भनिन्, ‘कोभिडको बेला सबै भेला भएर बस्न गाह्रो हुने भयो, त्यसकारण बैठक भर्चुअल नै हुन्छ ।’

नेतृ शाक्यले आज (आइतबार) केही ठोस निर्णय लिने हिजै बताएकी थिइन् । साथै, अध्यक्ष ओली केही सुध्रिएर आउँछन् कि भने हरसम्भव प्रयास गरेको तर नसच्चिए पछि राजीनामाको निर्णय गरिएको उनले बताइन् । 

एकता संकटमा परेको भन्दै पार्टीका दोस्रो तहका नेताहरु विवाद समाधान गर्नका लागि सक्रिय भएका थिए । यद्यपि उनीहरुको वार्ता असफल भएको थियो । 

अध्यक्ष ओली अदालतका फैसला अनुसार २ जेठमा फर्कन नमान्ने भएपछि बाध्य भएर राजीनामा दिन लागेको माधव पक्षका नेताहरुको भनाइ छ ।





  • प्रकाशित मिति : वैशाख २६, २०७८ आइतबार ९:५८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया