बाबुरामको टिप्पणी : मधेसी भेडा बाख्रो होइनन्, राष्ट्रपतिको दुरुपयोग नहोस्

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको बहिगर्मनपछि अब सत्ताका लागि बल अन्य दलमा पुगेको बताएका छन्। 

ओली संसदबाट विश्वास लिन असफल भएको अवस्थामा आफ्नो धारणा सार्वजनिक गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले एक थान सरकारको मात्रै नभएर लोकतन्त्र रक्षा मुख्य कुरा भएको बताएका छन्। 

भट्टराईले वैकल्पिक शक्ति भएकाले जनता समाजवादी पार्टीले एकतावद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्ने पनि जिकिर गरेका छन्। 'अब बल दलहरूको कोर्टमा आएको छ। प्रश्न एक थान सरकारको मात्र होइन । मुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्दै कोरोना लगायत राष्ट्रिय समस्याहरूको हल गर्नु हो', उनले भनेका छन्, 'त्यस निम्ति सबै संकिर्ण दलीय/गुटीय सोचमाथि उठ्नै पर्छ। वैकल्पिक शक्तिको नाताले जसपाले एकतावद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ।'

डा. भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामा अझै प्रश्न उठाएका छन्। उनले वैकल्पिक सरकार बन्न नदिन चलखेल हुन सक्ने भन्दै सतर्क हुन दलहरूलाई आग्रह गरेका छन्। राष्ट्रपति संस्थाको अझै दुरुपयोग हुन सक्ने उनको शंका छ। 

'सतर्क रहौँ, चलखेल नहोस्, वैकल्पिक सरकार बन्‍न नदिने, संसद विघटन गर्ने, प्रायोजित चुनाव गर्ने, त्यसनिम्ति राष्ट्रपति संस्था दुरूपयोग गर्ने र राजपा फुटाउने हुन सक्छ', उनले भनेका छन्, 'ख्याल रहोस् मधेसी जनता/नेता भेडाबाख्रा होइनन्। जसलाई हरियो घाँस देखाएर बलि चढाउन सकियोस्,वा उनीहरू यताका शासकबाट उम्केर उताका खोरमा परून्।'





  • प्रकाशित मिति : वैशाख २८, २०७८ मंगलबार ११:२७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया