थप ५० हजार भिटिएम र रिएजेन्ट खरिद गर्ने प्रदेश सरकारको निर्णय

प्रदेश २ को प्रादेशिक कोरोना भाइरस व्यवस्थापन समितिले थप ५० हजार भिटिएम र रिएजेन्ट खरिद गर्ने निर्णय गरेको छ । 

मुख्यमन्त्री लालबाबु राउतले प्रदेशस्थित सबै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल रहेका पालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारीहरुसँग गरेको भर्चुअल छलफलका आधारमा आज सम्पन्न पिसिसिएमसीको बैठकले थप भिटिएम र रिएजेन्ट खरिद गर्ने निर्णय गरेको हो । 

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि परीक्षणको दायरालाई बढाउन उक्त भिटिएम र रिएजेन्ट खरिद गर्न लागिएको हो । 

बैठकले प्रदेशमा हुनसक्ने अक्सिजनको अभावलाई मध्यनजर गर्दै केन्द्र सरकारसँग तत्काल ४ हजार अक्सिजन सिलिन्डर माग्ने निर्णय समेत गरेको छ । त्यसैगरी होम आइसोलेसनमा रहेका संक्रमितहरुको हेरचाहका लागि स्थानीय तहहरूसँग समन्वय गर्ने निर्णय समेत गरेको छ भने जिल्ला जनस्वास्थ्यको समन्वयमा प्रत्येक अस्पतालमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय समेत बैठकले गरेको छ ।





  • प्रकाशित मिति : वैशाख २८, २०७८ मंगलबार १९:२२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया