\
राष्ट्रिय सभाका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ । राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशतर्फको रिक्त सदस्य पदमा जेठ ६ गते हुने मतदानका लागि चुनाव चिह्न दिइएके हो ।
जसअनुसार राष्ट्रिय सभामा एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापालाई सूर्य, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङलाई मादल तथा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटालाई कलम चुनाव चिन्ह प्रदान गरिएको छ ।
देवकोटा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा एमाले माधव नेपाल समूहको सहयोगमा उम्मेदवार बनेका हुन् ।
निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।