सगरमाथा चढ्न गएका दुईजना विदेशी आरोहीको मृत्यु

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा गएका अमेरिकी र स्विस आरोहीको मृत्यु भएको छ। यस सिजनको आरोहणका क्रममा पहिलो पटक आरोहीले ज्यान गुमाएका हुन्। 

सेभेन समिट ट्रेकका मिङ्‍मा शेर्पाले बुधबार अमेरिकी र स्विट्जरल्यान्डका दुई आरोहीको मृत्यु भएको पुष्टि गरे। उनका ज्यान गुमाउनेमा स्वीस नागरिक ४० वर्षीय अब्दुल वारेख, अमेरिकी नागरिक ५५ वर्षीय पुवी लिउ हुन्।

चुचुरो नजिक पुगिसकेका अब्दुलको शारीरिक थकानका कारण मृत्यु भएको हो। सहयोगका लागि शेर्पाको, अक्सिजन र खाना पठाउँदा अब्दुललाई बचाउन नसकिएको सेभेन समिट ट्रेकले जनाएको छ। 

अमेरिकी नागरिक लिउ हिलारी स्टेपसम्म पुगेर फर्किएका थिए। थकान र हिउँले गाह्रो भएपछि फर्किएका उनको क्याम्प ४ मा झरेपछि मृत्यु भएको सेभेन समिटका छाङदावाले शेर्पाले जानकारी दिए।

सगरमाथा आरोहणका क्रममा हरेक सिजन पाँच जनासम्म आरोहीको ज्यान जाने गरेको छ। सन् २०१९ मा सगरमाथा आरोहणका क्रममा ११ आरोहीले ज्यान गुमाएका थिए।  आरोहीको चाप बढेसँगै मृत्यु पनि बढेको हो। 
 





  • प्रकाशित मिति : वैशाख ३०, २०७८ बिहीबार १२:४०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया