सिंहदरबारमा ओली-नेपाल वार्ता : दुवै पक्षका नेता पुग्दै, कार्यदल बनाइने

नेकपा एमालेको विवाद मिलाउन आज साँझ तय गरिएको वार्ताका लागि नेताहरू जुट्न थालेका छन्। एमालेको केपी शर्मा ओली र माधवकुमार नेपाल दुवै पक्षका दोस्रो तहका नेताहरूको उपस्थितिमा वार्ता हुन लागेको हो । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्तास्थल तय गरिएको छ। वार्ताका लागि माधवकुमार नेपाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट सिंहदरबार पुगिसकेका छन् । 

प्रधानमन्त्री एवं अध्यक्ष ओली र उनी पक्षका नेताहरू भने आउन बाँकी छन् । बिहीवार बूढानीलकण्ठस्थित व्यापारी रामेश्वर थापाको घरमा नेताद्वयबीच भएको ‘वान टू वान’ वार्तामा २०७५ जेठ २ कै वरिपरिको एमाले रहने गरी सहमति खोज्ने गरी ओली-नेपाल उठेका थिए।

 त्यसका लागि कार्यदल बनाउने सहमति दुई नेताबीच भएको थियो । त्यही सहमतिलाई कार्यान्वयन तहमा पुर्‍याउन दोस्रो तहका नेतासहित ओली-नेपालले छलफल गर्दैछन्। आज दोस्रो तहका दुवै पक्षका १० नेता सहभागी गरेर कार्यदल बनाइँदैछ। 
 





  • प्रकाशित मिति : वैशाख ३१, २०७८ शुक्रबार १८:३०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया