रोनाल्डो तत्काल पोर्चुगल फर्कदैनन् : जोर्गे मेन्डिस
फरकधार / १ जेठ, २०७८

इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोका एजेन्ट जोर्गे मेन्डिसले उनी तत्काल पोर्चुगल फर्कन सम्भव नभएको बताएका छन् ।



पछिल्लो समय रोनाल्डो पोचुगिज क्लब स्पोटिङ सिपी फर्कने हल्ला चलिरहेका बेला मेन्डिसले उनी पोर्चुगल फर्कने सम्भावना नरहेको बताएका हुन् ।

रोनाल्डोकी आमाले केही समयअघि उनी अर्को सिजन स्पोटिङ सिपी फर्कने बताएकी थिइन् । रोनाल्डोले पनि स्पोटिङबाटै आफ्नो करियरको अन्त्य गर्ने इच्छा व्यक्त गरेका थिए ।

क्लबले यो सिजन पोर्चुगिज लिग जितेकाले पनि रोनाल्डो स्पोटिङ फर्कन सक्ने अनुमान गरिएको हो ।



‘स्पोटिङले लिग उपाधि जित्दा रोनाल्डोले पनि गर्व महसुस गरेका छन् तर करियरको योजनाअनुसार उनी तत्कालै पोर्चुगल फर्कर्दैनन्’ मेन्डिसले भने ।

रोनाल्डेले आफ्नो व्यावसायिक करियरको सुरुवात स्पोटिङबाटै गरेका थिए । सन् २००३ मा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड आएपछि उनको चर्चा हुन थाल्यो ।

रोनाल्डोले आफ्नो करियरको सबैभन्दा उत्कृष्ट क्षण स्पेनिस क्लब रियल मड्रिडमा बिताए । सन् २००९ देखि २०१८ सम्म त्यहाँ रहँदा उनले धेरै उपलब्धि हात पारे ।

२०१८ देखि युभेन्टसमा रहेका रोनाल्डोले क्लबको उद्देश्य अनुसार उपलब्धि हात नपारेको भन्दै आलोचना खेप्दै आएका छन् ।

युभेन्टसमा निकै निरास रहेका रोनाल्डोले यही सिजनबाट क्लब छाड्न सक्ने हल्ला चल्न थालेको छ ।

स्पोटिङले पनि रोनाल्डोको सम्मान स्वरुप आफ्नो घरेलु मैदानलाई उनको नाम दिएको छ । 
 

  • प्रकाशित मिति : जेठ १, २०७८ शनिबार १४:३९:११,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया