स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएका बिरामी मात्रै रिफर गर्नु : कर्णाली प्रदेश अस्पताल

प्रदेश अस्पताल सुर्खेतले स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएका बिरामीलाई मात्रै अस्पतालमा रिफर गर्न आग्रह गरेको छ । कर्णालीका विभिन्न जिल्लाबाट दैनिक बिरामी रिफर भइरहँदा प्रदेश अस्पतालको उपचार व्यवस्थापनमा जटिलता आएकाले यो आग्रह गरिएको अस्पतालले जनाएको छ ।

प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले शनिबार विज्ञप्ति जारी गर्दै अस्पतालमा अक्सिजनको अभाव भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय स्वास्थ्य संस्थामा सम्भव भएसम्म त्यहीं उपचार गर्नुस् र त्यहाँ सम्भव नहुने अवस्था आएमा मात्र अस्पतालमा रिफर गरी पठाउन सबैमा आग्रह गर्दछु ।’ झण्डै सय बिरामी रहेको प्रदेश अस्पतालमा शुक्रबार साँझबाट अक्सिजन अभावका कारण कोभिडका नयाँ बिरामी भर्ना लिन नसक्ने बताइएको थियो ।





  • प्रकाशित मिति : जेठ १, २०७८ शनिबार १७:३७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया