जाेफ्रा आर्चरले न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिज गुमाउने

इङ्ग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले न्युजिल्यान्डविरुद्धको २ खेलको टेस्ट सिरिज गुमाउने भएका छन् ।

इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले पुरानै घाउ बल्झिएका कारण आर्चर टेस्ट सिरिजमा उपलव्ध नहुने जानकारी दिएको हो ।

केही महिनाअघि आर्चरको दाहिने हातको कुइनोमा चोट लागेकोे थियो । यसकै कारण उनले आइपिएल पनि गुमाएका थिए ।

चोटबाट निको हुँदै काउन्टी च्याम्पियनसिप खेल्न लागेका उनको चोट फेरि बल्झिएको बताइएको छ ।

इङ्ल्यान्ड–न्युजिल्यान्ड सिरिजको पहिलो टेस्ट जुन २ बाट लड्स क्रिकेट मैदान लन्डनमा हुनेछ ।

दोस्रो टेस्ट जुन १० देखि एजबेस्टन क्रिकेट मैदान बर्मिङ्घममा हुनेछ । 





  • प्रकाशित मिति : जेठ ३, २०७८ साेमबार ११:५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया