निषेधाज्ञाको २० औ दिन : उपत्यकाका तीनै जिल्लामा सञ्चालन भएका सवारी साधन घटे

निषेधाज्ञाको २० औ दिन मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लामा तुलनात्मक रुपमा सवारीसाधन कम सञ्चालन भएका छन् ।

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवाका, खाद्यान्न बोकेका, सरसफाई, स्वास्थ्य तथा सञ्चार क्षेत्रमा कार्यरतहरुका सवारी साधन निर्वाध सञ्चालन भएका छन् । फाट्फुट बिना सवारी पास सवारी लिएर सडकमा निस्केका सर्वसाधरणलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनुमतिबिना हिँडडुल गरेर प्रहरीको होल्डिङ सेन्टरमा रहेकाहरु पनि मंगलबार तुलनात्मक रुपमा न्यून नै छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली नेतृत्वको अनुगमन टोलीको सक्रियता बढेसँगै बिना अनुमति सवारी साधन लिएर बाहिर निस्कनेहरूमा कमी आएको हो । त्यसैगरी निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रहरीले जरिवाना गर्न थालेपछि पनि निषेधाज्ञाको पालना गर्ने क्रम बढेको हो ।

 





  • प्रकाशित मिति : जेठ ४, २०७८ मंगलबार १९:१९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया