विपक्षी दल सहमतिनजिक : माधव नेपालसहित १४९ सांसद उपस्थित भएको दाबी
सिंहदरबारमा सहमतिको ड्राफ्ट तयार गरिँदै

नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहितका विपक्षी दलहरू सहमति नजिक पुगेका छन्। विपक्षी दलहरुले केपी शर्मा ओलीलाई बिदा गर्न एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने भएका छन्। 

बूढानीलकण्ठमा बसेको तीन दलको बैठकले नेपाललाई प्रधानमन्त्रीका रूपमा अघि सारेपछि अहिले सांसदहरुसमेत बोलाएर सिंहदरबारमा निर्णायक छलफल भइरहेको छ। संविधानको धारा ७६ को उपधारा (५) अनुसार राष्ट्रपतिले सरकार बनाउन बोलाएपछि अहिले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जसपा उपेन्द्र यादव समूहबीच सहमतिको ड्राफ्ट तयार हुँदैछ। 

नेपाली कांग्रेससहित माओवादी केन्द्र, जसपा र माधवकुमार नेपाल समूहकासहित १४९ जना सांसदहरु अहिले उपस्थित भएको दाबी गरिएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा नेताहरुले यस्तो दाबी गरेका हुन्। 

यदि सहमति जुट्यो भने बहुमत सांसदसहित विपक्षी दलहरुले सरकारको दाबी गर्न शीतल निवास जाने भएका छन्। कांग्रेसका ६१, माओवादीका ४८, जसपा उपेन्द्र यादव समूहका करिब १५ र माधव नेपाल समूहका करिब २५ सांसदसहित सरकार निर्माणका लागि बहुमत जुटाउने कोसिस भएको हो। 





  • प्रकाशित मिति : जेठ ७, २०७८ शुक्रबार १५:१८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया