डा. केसी र न्यौपानेले पत्रकारलाई निःशुल्क परामर्श दिने

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बालरोग विशेषज्ञ डाक्टर नवराज केसी र जनरल फिजिसियन डाक्टर प्रदीप न्यौपानेले कोरोना भाइरसबाट संक्रमित पत्रकारका लागि निःशुल्क परामर्श सेवा दिने भएका छन् । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र डाक्टरबीच कर्णाली प्रदेशका १० वटै जिल्लाका संक्रमित पत्रकार र उनका परिवारलाई निःशुल्क परामर्श सेवा दिने गरी शुक्रबार सम्झौता भएको छ ।

कोरोना भाइरसबाट दिनप्रतिदिन पत्रकारहरू संक्रमित हुन थालेपछि संक्रमित पत्रकार र उनीहरूको परिवारको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले महासंघ कर्णाली प्रदेशको पहलमा सम्झौता गरिएको हो ।

डाक्टर केसी र न्यौपानेले कोरोना भाइरसको प्रभाव रहुञ्जेल पत्रकार र उनीहरूका परिवारको स्वास्थ्य अवस्था, उपचार र कोरोनाबाट बच्न अपनाउनुपर्ने सावधानी, आइसोलेसनमा बस्दा ध्यान दिनुपर्ने कुराका बारेमा निःशुल्क परामर्श दिने गरी सम्झौता गरिएको महासंघका अध्यक्ष देवीराम देवकोटाले जानकारी दिए । उनका अनुसार संक्रमित पत्रकार र उनीहरूको परिवारले डाक्टर केसी र न्यौपानेलाई फोन गरी आफूलाई देखिएको समस्या जानकारी गराउनुपर्नेछ ।

डाक्टरलाई प्रत्यक्ष भेट गर्नुपरेमा सुर्खेतको जुम्ला रोडमा रहेको कर्णाली केयर हस्पिटलमा भेट्न सकिनेछ । महासंघका तर्फबाट कोषाध्यक्ष गणेशकञ्चन भारतीले समन्वय गर्नेछन् । डाक्टर केसी र न्यौपानेले गत वर्ष पनि कोरोना भाइरस संक्रमितको उपचारमा विशेष भूमिका निर्वाह गरेका थिए ।





  • प्रकाशित मिति : जेठ ८, २०७८ शनिबार १३:५५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया