नयाँ पार्टी दर्ता प्रक्रियामा माधव नेपाल समूह, चुनाव चिन्ह कलम

सत्तारुढ नेकपा एमालेको विवाद चरम उत्कर्षमा पुगेसँगै विकसित भएको राजनीतिक परिस्थितिमा असन्तुष्ट पक्ष नयाँ पार्टी बनाउने निष्कर्षमा पुगेका छन् । एमालेको खनाल-नेपाल समूहले नयाँ पार्टी बनाउने प्रक्रिया थालेको हो । 

यसअघि नेकपा एमालेकै युवा मोर्चामा सक्रिय रहेका जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि आवेदन परेको छ । तत्कालीन एमालेमा नेपाल पक्षमा रहेका राईले आयोगमा आफ्नो अध्यक्षतामा पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । 

राईले नेपाल कम्युनिष्ट पार्टी, एकीकृत नामको पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । उनले नयाँ पार्टीको चुनाव चिन्ह कलम प्रस्ताव गरेका छन् । दियो र मैनबत्ती चिन्ह यसअघि नै कायम रहेको देखिएपछि उनले कलम रोजेका हुन् । 

राईको अध्यक्षता रहेको नयाँ पार्टीको उपाध्यक्षमा कन्चना गुरुङ, महासचिव विदुर खुलाल, सचिव ऐन विक्रम कुँवर र कोषाध्यक्ष पृथ्वी खनाल रहेका छन् । केन्द्रीय समिति २५ सदस्यीय रहेको छ । 

राईले आफूले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको भएपनि एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपालसँग सल्लाह भने नभएको बताए । पहिले पार्टी पार्टी दर्ता प्रक्रिया पूरा गरेपछि मात्रै अन्य छलफल हुने राईको भनाइ छ । 





  • प्रकाशित मिति : जेठ ९, २०७८ आइतबार १०:४८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया