सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन् । आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएको छ । 

जेठ १० मा एमाले स्थायी कमिटी बैठकले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । एमालेको प्रदेशसभा संसदीय दलको बैठकले भने समर्थन कायम राख्ने निर्णय गरेको थियो । 

शुक्रबार सत्ता साझेदार एमालेकै ओली पक्षीय सांसदले मुख्यमन्त्रीमाथि अविश्वास रहेको जानकारी सदनलाई गराएका थिए । 

तर, एमालेकै माधव पक्षीय सांसदले भने मुख्यमन्त्रीलाई विश्वास रहेको बताए पनि प्रमुख प्रतिपक्षी दलले समेत मुख्यमन्त्रीले यसमा पुनर्विचार गर्नुपर्ने माग गरेको थियो ।

सोही विवादपछि मुख्यमन्त्री भट्टले सदनमा विश्वासको मत लिने तयारी गरेका हुन् । भट्टले भोलि विश्वासको मत लिनेछन् ।





  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार १२:८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया