माधव पक्षको अडान : ओलीले प्रतिनिधिसभा विघटन फिर्ता लिए सबै कुरा मिल्छ (वक्तव्यसहित)
ओलीको वक्तव्यबाट भ्रममा नपर्न कार्यकर्तालाई आग्रह

एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले पार्टीलाई एक बनाउने हो भने प्रधानमन्त्री केपी शर्मा ओलीले पहिले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने अडान लिएको छ।

पार्टी एकताका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले माधव नेपाल  पक्षका सांसदहरुबाट कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राख्दै आइतवार राति ६ बुँदे वक्तव्य निकालेका थिए। 

ओलीले शर्त राखेको भोलिपल्ट खनाल-नेपाल पक्षको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिएमा हस्ताक्षरको विषय आफैँ समाधान हुने तर्क अघि सारेको हो। 

'प्रतिनिधिसभाको असंवैधानिक विघटनको जिम्मेवारी लिएर त्यस्तो गलत निर्णयलाई सच्याउने कुरा गर्नुको साटो सर्वोच्च अदालतमा प्रतिनिधिसभाको पुनःस्थापनाका लागि दायर रिट निवेदनमा हामीले गरेको हस्ताक्षर फिर्ता हुनुपर्ने पूर्वशर्त राखिएको छ,' खनाल-नेपाल पक्षले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'उक्त रिट निवेदन प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको असंवैधानिक विघटनका कारण नेपालको संविधान, लोकतन्त्र र संसदको रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम हो। प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको विघटनको निर्णय फिर्ता भएमा यससम्बन्धी विवादको स्वतः निरुपण हुनेछ।'

विज्ञप्तिको पूर्ण पाठ



 



  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार २०:२०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया